९ पुस २०८२, बुधबार | December 25, 2025

विमला वली प्रकरणबारे सरकारको धारणा नआए एमालेले लुम्बिनी प्रदेश सरकारलाई बजेट प्रस्तुत गर्न नदिने



बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीले दाङमा गरेको अभद्र व्यवहार बारे सरकारको धारणा नआए नेकपा एमालेले आजको प्रदेशसभा चल्न नदिने निर्णय गरेको छ ।

दाङकी महिलामाथि गरेको अभद्र व्यवहारबारे मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने एमाले संसदीय दलले निर्णय गरेको छ। नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार दिउँसो बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष ०७९र८० को बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछन् । मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित वलीकी प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको आरोप लागेको छ ।

राज्यमन्त्री विवादास्पद घटनमा संलग्न भएको भन्दै एमालेले बर्खास्त गर्न माग गरेको छ । एमाले संसदीय दलका नेता शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले सवैधानिक हिसाबले बजेट असार १ गते नै ल्याउनुपर्ने प्रावधानले सदन शुरु हुनासाथ विरोध जनाउने र आफ्नो कुरा राख्ने निर्णय गरेको छ ।

एमालेले फरक मत राखेपछि मुख्यमन्त्री कुलप्रसाद केसीले जवाफ दिएपछि मात्रै बजेट पेस गर्न दिने निर्णय भएको एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताए ।

यता सरकारले भने एमालेले बजेट प्रस्तुत गर्न नदिने संकेत गरेसिँगै राज्यमन्त्री बिमलाको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ०६ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना