२ पुस २०८२, बुधबार | December 18, 2025

लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख (पूर्णपाठ सहित)



बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्ताव गरेका हुन् ।

कुल विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ रू २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत रहने बजेटमा अनुमान गरिएको छ ।

मन्त्री खड्काले वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरेका छन् । कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने बजेटमा प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमका लागि खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट रू ३ अर्ब १० करोड ५९ लाख, संघ र स्थानीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट रू १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँटबाट रू ७० करोड प्राप्त हुने बजेटमा अनुमान गरिएको छ भने संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू ८ अर्ब ५४ करोड १७ लाख, सशर्त अनुदानबाट रू ८ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबाट रू ७३ करोड ९० लाख, विशेष अनुदानबाट रू ४८ करोड रू ३५ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट रू ४ अर्ब रहने र आन्तरिक ऋणबाट रू १ अर्ब परिचालन हुने अनुमान गरिएको छ ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/06/बजेट-बक्तव्य-२०७८।७९-अन्तिम-२०७९।३।१-1.pdf” title=”बजेट बक्तव्य २०७८।७९ – अन्तिम २०७९।३।१ (1)”]

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ०६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल