१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

दाङमा दुर्घटनामा दुईजनाको मृत्यु



देउखुरी । दाङको घोराहीमा भएको दुर्घटनामा दुुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

गएराति घोराही उपमहानगरपालिका-७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही-१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही-७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही-७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् । घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । भण्डारीको हात र खुट्टामा चोट लागेको छ । चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताए ।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ८ : २७ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना