१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

वन्यजन्तु पीडितलाई राहत



म्याग्दी । वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले रु चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ ।

निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिए । “प्रदेश सरकारको कार्यविधिअनुसार ३७ खसी, बाख्रा र बोका, सात पाठापाठी र ६ बङ्गुरको राहत वितरण गरेका हौँ”, उनले भने, “तीस कृषकले राहत पाउनुभएको छ ।” बाख्रा, खसी र बोकाको रु दश हजार, पाठापाठीको रु तीन हजार र बङ्गुरको रु ६ हजार पाँच सयका दरले राहत वितरण गरिएको हो । चितुवाको आक्रमणबाट सबैभन्दा बढी क्षति बेहोर्ने कृषक मङ्गला गाउँपालिकाका छन् ।

वन्यजन्तु पीडित कृषकलाई राहतका अतिरिक्त मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका ब्रोसर वितरणका साथै सचेतनामूलक गोष्ठीसमेत आयोजना गरिएको छ । वन्यजन्तुका लागि दश सामुदायिक वनमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए ।

“वन्यजन्तु पानी र आहराको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो”, उनले भने, “वनमै पानी र आहरा पाएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने देखिन्छ ।”

प्रतिपोखरी रु एक लाखका दरले पोखरी निर्माण गरिएको हो । बेनी नगरपालिका-९ को गलेश्वर ठुलो सल्लेरी र घोर्लास, धौलागिरि-७ को धारापानी, रघुगङ्गा-२ को कृष्ण तालावन्दी, मङ्गला-२ को सल्यान सल्लेरी र भदौरेपाखा, रघुगङ्गा-८ को उत्तिसिने, बेनपा-५ को भेडाखोर, पानी पधेरो देपुर्नेआटी, मङ्गला-३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

बेनी-२ खबराको ठुलोगैरा सामुदायिक वनमा जिल्लामै पहिलोपटक औषधीय गुणयुक्त विजयसाल प्रजातिको वनस्पतिको ४० बिरुवा रोपिएको छ । विजयसाल लोपोन्मुख र संरक्षित वनस्पति हो । समुद्री सतहदेखि एक हजार मिटरको उचाइसम्म हुने विजयसालका लागि म्याग्दीको तल्लो क्षेत्रमा उपयुक्त मौसम र वातावरण भएकाले परीक्षण गरिएको वन डिभिजन कार्यालयले जनाएको छ । विजयसालको भाडोमा राखेको पानी सेवन गर्नाले पेटसम्बन्धी रोग निको हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ८ : ३५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम