८ चैत्र २०८२, आइतबार | March 23, 2026

नम्बर नखुलेको सवारीको ठक्करबाट एक युवकको मृत्यु



सर्लाही । सर्लाहीको हरिवनमा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

बिहीबार राति पूर्व पश्चिम लोकमार्गस्थित हरिवन नगरपालिका-११, कडरिया चौकमा नम्बर नखुेको सवारीको ठक्करबाट एक युवकको ज्यान गएको हो ।

मृत्यु हुनेमा सोही स्थानका २४ वर्षका जयबहादुर विक रहेको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । मृतक पुरुषलाई मध्यराति सवारीले ठक्कर दिएको प्रहरीको आशंका छ ।

दुर्घटनामा परेर घाईते अवस्थामा फेला परेका विकलाई प्रहरीले तत्काल उपचारका लागि नमुना अस्पताल हरिवन पु¥याएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । युवकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नको आशंकामा एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जनाकारी दिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ३३ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय