२७ भदौ २०८३, शनिबार | September 12, 2026

बर्दियामा भारतीयले चलाएको गोली लागेर एक नेपालीको मृत्यु



बर्दिया । बर्दियाको नेपाल भारत सीमामा रहेको जंगलमा गोली प्रहारबाट एक जनाको नेपाली नागरिकको मृत्यु भएको छ ।

बर्दियाको भारतसँग जोडिएको सीमामा रहेको मुर्तीहाको जंगलमा अज्ञात भारतीयले चलाएको गोली लागेर गुलरिया नगरपालिका-३ का ५४ वर्षीय हेमराज गोडियाको मृत्यु भएको हो । सीमावर्ती जङ्लमा न्युरोको साग टिप्न गएका गोडीयामाथी घारतीय अज्ञात समुहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

गोली प्रहर बाट घाइते भएका गोडियाको उपचारका क्रममा जिल्ला अस्पताल बर्दियामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

बिहिबार राती घटेको घटनामा घरपरिवारले नै उपचारका लागि जिल्ला अस्पताल लगेकोमा अस्पतालले मृत घोषणा गरिदिएको एसपी शाहीले बताए । गोली लागेर घाइते भएका गोडीयालाई उनकै घरपरिवारले अस्पताल पु¥याएका थिए । जंगलमामा निहुरो साग टिप्न एक्लै गएका कारण घटना कसरी घटेको हो भन्ने एकिन हुन नसकेको एसपी शाहीले बताए । उनले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

गोली कसले चलाएको हो भन्ने एकिन हुन नसके पनि भारतीय वन रक्षकले गोली हानेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : २२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित