८ चैत्र २०८२, आइतबार | March 23, 2026

खानीडाँडा-याम्खा सडक कालोपत्रेको लागि स्ट्रक्चरको काम सुरु



खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने सडक कालोपत्रेको प्रारम्भिक चरणका काम थालिएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित खानीडाँडा विमानस्थल जोड्ने १५ किलोमिटर लामो सडक कालोपत्रेका लागि स्ट्रक्चरको काम थालिएको हो ।

सडक कालोपत्रेका लागि प्रारम्भिक चरणका काम गर्न चालु आर्थिक वर्ष संघीय सरकारको समपुरक अनुदान २ करोड ५ लाख र प्रदेश सरकारको समपुरक अनुदान १ करोड विनियोजन गरिएको थियो ।

कालोपत्रेको पुर्वतयारीमा सडकको स्ट्रक्चर ग्याविन, होमपाईप, मेसिनरी ड्रेन लगायतका स्ट्रक्चरको काम गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सव–इन्जिनियर राजन खत्रीले बताए । कुल बजेट ३ करोड ५ लाख भए पनि निर्माण कम्पनी रामसागर–बिकेएसके जेभीले २ करोड २१ लाख ७ हजार ३५३ मा कालोपत्रेको प्रारम्भिक चरणको कामका लागि ठेक्का पारेको थियो । सो ठेक्काको सम्झौता म्याद आगामी २३ असारमा सकिने गाउँपालिकाले जनाएको छ ।

बिमानस्थलदेखि याम्खा सडक कालोपत्रेका लागि गाउँपालिकाले २० फागुन २०७८ मा ठेक्का आव्हान गरेको थियो । सडक कालोपत्रेको थप काम गर्न आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारबाट १ करोड ७० लाख, प्रदेशबाट १ करोड र प्रदेश भौतिक मन्त्रालयबाट २५ लाख बजेट विनियोजन भएको छ । साझेदारी योजना अन्तरगत सोही सडकका लागि गाउँपालिकाकातर्फबाट २ करोड विनियोजन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई विमानस्थल र सदरमुकाम दिक्तेलसँग नजिक बनाउनका लागि छोटो दुरीको खानीडाँडा–याम्खा सडक निर्माण सुरु गरिएको थियो ।

खानीडाँडा–याम्खा सडक २४ भदौ २०७४ मा याम्खाको राटमाटामा आयोजित कार्यक्रममा तत्कालिन गाउँपालिका अध्यक्ष (हाल कांग्रेस प्रदेश महामन्त्री) प्रमुख भूपेन्द्र राईले शिलान्यास गरेका थिए । सो सडकका कारण याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई सदरमुकाम आउजाउ गर्ने सवैभन्दा छोटो बाटो खुलेको छ । २०७२ सालमा सडक बिभागबाट प्राप्त ८ लाख बजेटले कालेपत्रे गर्ने लक्ष्य सहित याम्खा–खानीडाँडा सडकको डिपिआर तयार पारिएको थियो ।

सडक बिभागको ६ लाख अनुदानमा २०७२ सालमा खानीडाँडातर्फबाट ट्रयाक खोल्न सुरु गरिएको सडकका लागि २०७४ सालमा ७५ लाख विनियोजन गरेपछि याम्खातर्फबाट ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । कांग्रेस नेता राईकै अवधारणा अनुसार बनेको सडक गाउँपालिकाभित्रका विरामीलाई खानीडाँडा विमानस्थल हुँदै सुविधा सम्पन्न अस्पताल पुर्‍याउनका लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ५० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय