८ चैत्र २०८२, आइतबार | March 23, 2026

पहिरोले फेदीका १० घर जोखिममा



खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदीमा पहिरोले १० घर जोखिममा पर्नुका साथै एउटा दुहुनो भैंसी मारिएको छ । शुक्रबार रातको अविरल वर्षापछिको पहिरोले फेदी शुक्रबारेका बुद्धिराज राईको घरमुनिबाट पहिरो गएको छ । सर्नका लागि तयार पारिएको घरको पेटीभन्दा मुनिबाट पहिरो गएको फेदीका वडाध्यक्ष निरकुमार राइले बताए । बुद्धिराजको पेटीबाट झरेको पहिरो केहीमुनि रहेको दुजयन्ती राईको घरमाथि सडकमा थुप्रिएको छ ।

यस्तै, माथिबाट झरेको पहिरोले तीन ओटा गोठ बगाउँदा समाक्षमा राईको एउटा दुहुनो भैंसी मरेको छ । त्यस्तै, एउटा थोरे भैंसीको खुट्टा भाँचिएको छ । घरभन्दा केहीमाथि रहेको तपसी–दामलुङ सडकको नयाँ ट्रयाकबाट पहिरो जाँदा गोठ पुरिएको हो । घर भने जोगिएको वडाध्यक्ष राईले बताए ।

यस्तै, चिलिंखाका नविन राईको घरमुनि पहिरो गएको छ । पहिरोले घर लच्काएको छ । पहिरोले घर जोखिममा परेपछि समाक्षमा राई, नविन राई, लाखमनी राई, रत्नमणी राई, मतीराज राई, इन्द्रमनी राई, धनकुमार राई र बडामनी राईको परिवारलाई तपसीडाँडामा सार्ने तयारी गरिएको छ । केही स्थानीय शनिबार रातीदेखि नै घर छाडेर तपसीडाँडाका पसल तथा छाडिएका रित्तो घरमा बास बस्न पुगेको वडाध्यक्ष राईले बताए ।

फेदीको याक्सामा सडककै कारणले गएको पहिरोले घरमा क्षति पुगेको छ । त्यसको विस्तृत जानकारी आउन बाँकी छ । अनुगमनमा पुग्दा पहिरोले फेदीमा वितण्डा मच्याएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ५१ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय