१६ पुस २०८२, बुधबार | December 31, 2025

सुधारमा राप्ती प्रादेशिक अस्पताल, विशेषज्ञ सेवादेखि व्यवस्थापकीय सुधार गर्दै



दाङ । राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ । रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रसासनले जनाएको छ ।

विरामीहरुको व्यवस्थापन र सजिलोको लागि शुक्रवारदेखि अस्पतालमा टोकन प्रणाली सुरु भएको छ भने प्रदेश सरकारको निर्णयअनुसार ओपीडीको टिकट निःशुल्क गराइएको छ । टोकन प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवारकल्यान मन्त्री इन्द्रजित थारुले शुभारम्भ गरेका छन ।

‘प्रणालीमा नहुँदा यसअघि सेवाग्राहीहरु घण्टौ लाईनमा बस्नु पर्ने बाध्यता थियो । अब यो समस्या टोकण प्रणली लागू भएपछि समाधान भएको छ । पहिले घण्टौ लाईनमा लाग्नु पर्ने अबस्था हुन्थ्यो, यसले विरामी र विरामीका कुरुवालाई निकै अफ्टेरो बनाएको देखिन्थ्यो’, मन्त्री थारुले भने समस्या हटेर सहज हुने विश्वास लिएको छु ।

लुम्बिनी प्रदेश सरकारको साढे पाँच लाख लागतमा टोकन प्रणाली सुरु गरिएको हो । दुई स्थानबाट बिलिङको काम हुने र दुई स्थानबाट पुर्जा लिने गरी ब्यबस्था मिलाईएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहले बताए ।

तालिम घर स्थापना

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जिल्लामै पहिलो किलिनिकल तालिम घरको स्थापना गरिएको छ । दाङ जिल्लामा स्वाथ्यकर्मीहरुलाई तालिम दिन र लिन सजिलो बनाउने उदेश्यले प्रादेशिक अस्पताल भित्र तालिम घरको निर्माण भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए ।

तालिम घरको स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उदघाटन गरेका हुन । तालिम घरमा बढीमा २० जना सम्मलाई एक चरणमा तालिm दिन सकिन्छ ।

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ०९ बजे

नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय मेलमिलाप आवश्यक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा