१६ पुस २०८२, बुधबार | December 31, 2025

कोटेश्वर महादेव मन्दिर क्षेत्रको फोहर व्यवस्थापन



काठमाडौं । कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ४७७ औँ हप्तामा कोटेश्वर महादेवको पश्चिम भागस्थित श्रीनगर गणेश मन्दिर चोक क्षेत्रको वाग्मती नदी किनारमा सफाइ गरिएको हो ।

सफाइमा दैलेखका सांसद पार्वती विशुङ्खे, अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौं महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष सरोज ढकाल, वडा सदस्य अशोक केसी, हुमा आचार्य, अप्सरा खनाल, सान्नानी मिजार, श्रीनगर टोल सुधार समितिका अध्यक्ष उज्जन श्रेष्ठ, नेपाल आमा सेवाका अध्यक्ष चन्द्रमणि तिमिल्सिना, नेपाल चलचित्र सङ्घका सहकोषाध्यक्ष नायिका पवित्रा आचार्य, प्रा डा प्रेम शर्मा, बानेश्वर महिला वातावरण सेवा प्रालिका सञ्चालक दुर्गा दुलाल लगायतको सक्रियता थियो ।

यसैगरी वाग्मती फोहर उन्मूलन उपभोक्ता सङ्घका पदाधिकारी, लायन्सका चारवटा क्लब, लायन्स क्लब अफ काठमाडौं सिदार्थ गौतम बुद्ध, लियो क्लब अफ काठमाडौं लर्द बुद्ध, वागमती अभियानकर्मी एवं आलोकनगर सफाइका संयोजक प्रमिला पौडेल, नेपाली सेना चण्डी दल गण सिंहदरबारबाट क्याप्टेनसहित २० जनाको समूह, काठमाडौँ महानगरपालिका वातावरण एवं कृषि विभाग टेकु, अधिकारसप्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासी एवं वाग्मती अभियानकर्मीद्वारा नदीभित्र र बाहिरी भागमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिउ ।

सो अवसरमा सफाइकर्मीले जनचेतनामूलक अभियानसमेत सञ्चालन गरेको उन्ले सुनाउ । अर्को शनिबार सोही क्षेत्रमा सफाइ गरिने जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो ।

सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी शनिबार गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ३३ बजे

नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय मेलमिलाप आवश्यक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा