२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

महन्थलाई ओलीको प्रस्तावः गठबन्धन गरेर चुनावमा जाऔैं



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ ।

काठमाडौंमा जारी केन्द्रिय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो बिषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन ।

‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसवारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाई उद्यृत गर्दै एक नेताले भने । उनका अनुसार सो बिषयमा बालकोटस्थित ओली निवासमा दुई नेता बिच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो ? सो भने खुलाएका छैनन ।

लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको बिद्यान मस्यौंदा संसोधनसहित पारित गर्ने, ५ सय १ सदस्सीय केन्द्रिय समितिलाई पुर्णता दिने, संगठन सुदृढीकरण देखी आगमी निर्वाचनको तयारीसम्मका बिषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रिय कार्यकारिणी बैठक जारी छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ९ : ११ बजे

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको