१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न महिलालाई दुना टपरी बनाउने औजार



लमजुङ । बेसीशहर नगरपालिकाले घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न दुना-टपरी बनाउने औजार वितरण गरेको छ । व्यावसायिक दुना टपरी उत्पादनका निम्ति बेसीशहर १०, बाँझाखेतका महिलाहरूलाई सो औजार उपलब्ध गराएको हो ।

परम्परागत दुना टपरी बनाउने पेसालाई आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक प्रवर्द्धनका निम्ति उपकरण खरिद गरी महिलाहरूलाई उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

गरिबी निवारणका लागी लद्यु उद्यम विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले महिलाहरूलाई दुना टपरी बनाउने तालिम सहित हाईड्रोलिक मेसिन हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमबीच नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सो मेसिन हस्तान्तरण गरेका हुन् । नगरपालिकाले तीन लाख नौ हजार आठ सय रुपैयाँमा खरिद गरी सोही व्यवसाय गर्न चाहने महिलाहरूलाई हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ४८ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम