८ चैत्र २०८२, आइतबार | March 22, 2026

जसपाका तीन मन्त्री फेरिँदै, इस्तियाक राई भौतिक पूर्वाधारमन्त्री सिफारिस



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले अन्ततः ३ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका छन् ।

कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरि मन्त्री हेरफेर गर्ने बारे छलफल गरेर फर्किए लगत्तै तीन जना मन्त्रीको नाम लिस्ट लिएर बाँकेका सांसद राई आफै आफु सहितको नाम बुझाउन प्रधानमन्त्री निवास पुगेका थिए ।

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताएका छन् । उनका अनुसार सम्भवतः आजै शपथ हुने बताइएको छ ।

डा. बुबुराम भट्टराईको अनुपस्थितीमा भएको उपेन्द्र यादव पक्षका केन्द्रीय नेताहरुको बैठकले मन्त्रीको नाम सिफारिस गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिएसँगै यादवले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेका हुन् ।

हाल बाँके जिल्लाबाट नेकपा माओवादी केन्द्रबाट महेश्वर गहतराज अथक खेलकुद तथा युवा मन्त्री छन् भने राईले सपथ लिएपछि जिल्लाले संघीय सरकारमा दुई जना मन्त्री पाउने छ । यता प्रदेश सरकारमा नेपाली काँग्रेसका नेता सुरेन्द्र बहादुर हमाल वन तथा वातावरण मन्त्री छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ०६ बजे

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय