१० पुस २०८२, बिहिबार | December 25, 2025

राज्यव्यवस्था समिति बैठकमा सभापति र सांसद चौधरीबीच भनाभन



नेकपा एमालेकी सांसद गंगा चौधरीले इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने माग गरेकी छिन् ।

सोमवार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद चौधरीले प्रदेशको अधिकारलाई केन्द्रबाट खोस्न नहुने र इन्सपेक्टरसम्मको सरुवा, बढुवाको अधिकार प्रदेशलाई दिन माग गरेकी हुन् । उनले अहिलेसम्म प्रदेशलाई सिपाहीलाई समेत सरुवा गर्ने अधिकार नरहेको भन्दै यो कुरा संघीय संरचनाको बिरुद्धमा भएको बताइन । सांसद चौधरीले १० वर्षे जनयुद्धताका विभिन्न त्रास देखाएर जागिर छोडन बाध्य बनाएकलाई उमेर हद ननाघिसकेका व्यक्ति हेरेर प्रदेश प्रहरी र केन्द्रीय प्रहरीमा भर्ती गर्नुपर्ने बताइन ।

चौधरीले लम्बेतान बोल्न थालेपछि वरिष्ठताका आधारमा सभापतित्वको भुमिका निभाएका सांसद मुकुन्द न्यौपानेबीच समितिमै भनाभनसमेत भएको थियो । बैठकमा सभापति न्यौपानेले प्रतिनिधि सभाको बैठक रहेकोले समय घटाएर बोल्न भनेपछि सांसद चौधरीले समय नभए किन बोलाएको भन्दै प्रतिप्रश्न गरेकी थिइन ।

उनीहरुको जवाफ, प्रतिजवाफ यस्तो छः

‘सांसद चौधरीः संसद छ भने भोलि बैठक बोलाउनुस ।

सभापतिः तपाई छोटो बोल्नुस

चौधरीः हामीलाई किन बोलाउनु भयो त ? हामीलाई संशोधन नहाल्नुस भन्नुपथ्र्यो नि त ।

हाम्रो आफनो कुरा राख्न दिनुहुन्न ? आज नभ्याए अर्को दिन बोलाउनुस न बैठक ?

सभापतिः एक घण्टा बोलिरहन पाए डिस्टर्ब नहुने ? आफूलाई सुधार्नुस ।’

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : ४७ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु