१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति शर्मालाई जंगी अड्डामा स्वागत



काठमाडौं । नेपालमा अमेरिकासँग गरिएको भनिएको एसपीपी सम्झौताको चर्को बिरोध भइरहेका बेला अमेरिकाको भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्केका छन् । अमेरिकासहितको भ्रमण पूरा गरी प्रधान सेनापति शर्मा स्वदेश फर्केका हुन् ।

स्वदेश फर्किएका प्रधानसेनापति शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डामा स्वागत गरिएको हो ।

लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ३४ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१