१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

सीटीईभीटीमा फेरि असुली धन्दा



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपियाँ बार्गेनिङ गरेको आरोप लागेको छ । काफ्लेले विगतदेखि नै विभिन्न खाले असुली धन्दामा आफैं र आफ्नो गोप्य टिमलाई परिचालन गर्ने गरेको सीटीईभीटीका कर्मचारीको दाबी छ ।

यसै क्रममा सदस्य सचिव काफ्लेले अहिले कलेजको अपग्रेडिङ गर्ने क्रममा असुली धन्दा सञ्चालन गर्न थालेको बताइएको छ । कार्यालयका केही कर्मचारीका अनुसार रकम उठाउन सदस्य सचिव काफ्ले आफैंले कलेजलाई टेलिफोन गरी रकम माग गर्न थालेका छन् ।

एक कलेज सञ्चालकका अनुसार सदस्य सचिव काफ्लेले रकम उठाउन सहयोगका लागि कलेज सञ्चालक नेत्र चटौत र भुवनचक्र जोशीलाई प्रयोग गर्दै आइरहेका छन् । काफ्लेमाथि यसअघि पनि केही नर्सिङ कलेजलाई सम्बन्धन दिँदा ५ देखि १० लाखसम्म रकम असुली गरेको आरोप लागेको थियो । काफ्ले यसअघिको सरकारको पालामा नियुक्ति भएका हुन् । तर, सेटिङ मिलाउन सिपालु भएकाले वर्तमान सरकार र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको समेत उनी प्रियपात्र बन्दै आइरहेको बताइएको छ ।

सीटीईभीटीका अध्यक्ष एवं शिक्षामन्त्री पौडेलले काफ्लेलाई संरक्षण गरिरहेका छन् । यसरी मन्त्रीले संरक्षण गरेकाले मन्त्री पौडेलले काफ्लेसँग मिलेमतो गरेको प्रस्टै बुझ्न सकिने सीटीईभीटीका कर्मचारीले बताएका छन् ।

परिषद्ले कलेजको अपग्रेडिङको गर्ने निर्णय गत ९ फागुनमा गरेको थियो । सरकारले टीएसएलसी खारेज गरी १८ महिने कोर्सलाई तीन वर्षे कायम गर्ने निर्णय गरेको थियो । चिकित्सासँग सम्बन्धित विषयलाई चिकित्सा शिक्षा आयोगले अप ग्रेडिङ गर्न स्वीकृत दिनुपर्छ । आयोगले मापदण्ड पुगेका १ सय २२ मध्य ६५ वटालाई अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो । सोही आधारमा सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले अपग्रेडिङ गर्ने पत्रमा हस्ताक्षर गरेका थिए ।

एक कलेज सञ्चालकका अनुसार सीटीईभीटीले करिब दुई साताअघि ६५ वटा कलेजको विषय अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो । ती सञ्चालकका अनुसार पत्रमा हस्ताक्षर भएलगत्तै उपाध्यक्ष अधिकारीको समेत मिलेमतोमा रकम बार्गेनिङ हुने गरेको छ । यसरी बार्गेनिङ गरी करोडौं असुल्न खोजिएको स्रोतको दाबी छ ।

काफ्ले यसअघि प्रशासन महाशाखा प्रमुख हुँदा हरेक शुक्रबार भ्रमणभत्ता लिन र रमाइलो गर्न देशका विभिन्न प्राविधिक शिक्षालय पुग्ने गरेको त्यहाँबाट रकमसमेत उठाउने गरेको गुनासो कर्मचारीको छ ।

कार्यालय स्रोतका अनुसार काफ्लेले अघिल्ला प्रशासन विभाग प्रमुख देवेशचन्द्र देवकोटाले आपूmलाई असहयोग गरेको भन्दै सरुवा गरेका थिए । सेटिङ मिलाउनकै लागि देवकोटालाई हटाएर कृष्ण केसीलाई प्रशासनमा ल्याएको बताइएको छ ।

कलेज सञ्चालकका अनुसार तोकेको रकम नदिए अपग्रेडिङ रोेक्नेसम्मको चेतावनी दिँदै सदस्य सचिव काफ्लेले रकम असुल्न आफूनिकट केही कलेज सञ्चालक परिचालन गरेका छन् । स्रोतका अनुसार सीएमए सञ्चालन गरेका कलेजलाई अपग्रेडिङ गरी एचए, ल्याब असिस्टेन्टलाई ल्याब टेक्नोलोजी, स्टाफ नर्स बन्द भएकालाई आयुर्वेदिक र रेडियोलोजी विषय सञ्चालनको पत्र दिँदासमेत लाखौंको चलखेल भएको स्रोतको दाबी छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : २८ बजे

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन