९ भदौ २०८३, मंगलबार | August 26, 2026

सीटीईभीटीमा फेरि असुली धन्दा



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपियाँ बार्गेनिङ गरेको आरोप लागेको छ । काफ्लेले विगतदेखि नै विभिन्न खाले असुली धन्दामा आफैं र आफ्नो गोप्य टिमलाई परिचालन गर्ने गरेको सीटीईभीटीका कर्मचारीको दाबी छ ।

यसै क्रममा सदस्य सचिव काफ्लेले अहिले कलेजको अपग्रेडिङ गर्ने क्रममा असुली धन्दा सञ्चालन गर्न थालेको बताइएको छ । कार्यालयका केही कर्मचारीका अनुसार रकम उठाउन सदस्य सचिव काफ्ले आफैंले कलेजलाई टेलिफोन गरी रकम माग गर्न थालेका छन् ।

एक कलेज सञ्चालकका अनुसार सदस्य सचिव काफ्लेले रकम उठाउन सहयोगका लागि कलेज सञ्चालक नेत्र चटौत र भुवनचक्र जोशीलाई प्रयोग गर्दै आइरहेका छन् । काफ्लेमाथि यसअघि पनि केही नर्सिङ कलेजलाई सम्बन्धन दिँदा ५ देखि १० लाखसम्म रकम असुली गरेको आरोप लागेको थियो । काफ्ले यसअघिको सरकारको पालामा नियुक्ति भएका हुन् । तर, सेटिङ मिलाउन सिपालु भएकाले वर्तमान सरकार र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको समेत उनी प्रियपात्र बन्दै आइरहेको बताइएको छ ।

सीटीईभीटीका अध्यक्ष एवं शिक्षामन्त्री पौडेलले काफ्लेलाई संरक्षण गरिरहेका छन् । यसरी मन्त्रीले संरक्षण गरेकाले मन्त्री पौडेलले काफ्लेसँग मिलेमतो गरेको प्रस्टै बुझ्न सकिने सीटीईभीटीका कर्मचारीले बताएका छन् ।

परिषद्ले कलेजको अपग्रेडिङको गर्ने निर्णय गत ९ फागुनमा गरेको थियो । सरकारले टीएसएलसी खारेज गरी १८ महिने कोर्सलाई तीन वर्षे कायम गर्ने निर्णय गरेको थियो । चिकित्सासँग सम्बन्धित विषयलाई चिकित्सा शिक्षा आयोगले अप ग्रेडिङ गर्न स्वीकृत दिनुपर्छ । आयोगले मापदण्ड पुगेका १ सय २२ मध्य ६५ वटालाई अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो । सोही आधारमा सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले अपग्रेडिङ गर्ने पत्रमा हस्ताक्षर गरेका थिए ।

एक कलेज सञ्चालकका अनुसार सीटीईभीटीले करिब दुई साताअघि ६५ वटा कलेजको विषय अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो । ती सञ्चालकका अनुसार पत्रमा हस्ताक्षर भएलगत्तै उपाध्यक्ष अधिकारीको समेत मिलेमतोमा रकम बार्गेनिङ हुने गरेको छ । यसरी बार्गेनिङ गरी करोडौं असुल्न खोजिएको स्रोतको दाबी छ ।

काफ्ले यसअघि प्रशासन महाशाखा प्रमुख हुँदा हरेक शुक्रबार भ्रमणभत्ता लिन र रमाइलो गर्न देशका विभिन्न प्राविधिक शिक्षालय पुग्ने गरेको त्यहाँबाट रकमसमेत उठाउने गरेको गुनासो कर्मचारीको छ ।

कार्यालय स्रोतका अनुसार काफ्लेले अघिल्ला प्रशासन विभाग प्रमुख देवेशचन्द्र देवकोटाले आपूmलाई असहयोग गरेको भन्दै सरुवा गरेका थिए । सेटिङ मिलाउनकै लागि देवकोटालाई हटाएर कृष्ण केसीलाई प्रशासनमा ल्याएको बताइएको छ ।

कलेज सञ्चालकका अनुसार तोकेको रकम नदिए अपग्रेडिङ रोेक्नेसम्मको चेतावनी दिँदै सदस्य सचिव काफ्लेले रकम असुल्न आफूनिकट केही कलेज सञ्चालक परिचालन गरेका छन् । स्रोतका अनुसार सीएमए सञ्चालन गरेका कलेजलाई अपग्रेडिङ गरी एचए, ल्याब असिस्टेन्टलाई ल्याब टेक्नोलोजी, स्टाफ नर्स बन्द भएकालाई आयुर्वेदिक र रेडियोलोजी विषय सञ्चालनको पत्र दिँदासमेत लाखौंको चलखेल भएको स्रोतको दाबी छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : २८ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त