८ चैत्र २०८२, आइतबार | March 22, 2026

कृषिजन्य वस्तु : निर्यातभन्दा बढी आयात



झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु सात अर्ब ४१ करोड ८९ लाख तीन हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

सबैभन्दा बढी रु तीन अर्ब ९५ करोड ९६ लाख ४० हजार बराबरको ८०० मेट्रिक टन अलैँची निर्यात भएको छ । कार्यक्रममा नेपालमा उत्पादित अलैँची भारत, बङ्गलादेश र रसिया निर्यात भएको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिए ।

उनले यो नाका भएर दोस्रोमा चिया, तेस्रोमा मुसुरो दाल, अम्लिसो, अदुवा, जडीबुटीजन्य पदार्थ, प्लाइउड, तोरीको पिना, वन लसुन बढी मात्रामा निर्यात भएको बताए ।

संरक्षण अधिकृत साहुका अनुसार आयात हुनेमा सबैभन्दा बढी भटमासको सोयाविन रहेको छ । बङ्गलादेशबाट रु तीन अर्ब ८० करोड ७७ लाख ७५ हजार बराबरको ७० मेट्रिक टन सोयाविन आयात भएको छ । भटमासको सोयाविन पशुजन्य आहारामा बढी प्रयोग हुँदै आएको उनले जानकारी दिए ।

उनले चालु आव २०७८/७९ को जेठ मसान्तसम्ममा खाद्यान्न रु ९८ करोड ४३ लाख ६९ हजार, दलहन (गेडागुडी) रु एक अर्ब ३३ करोड ८१ लाख १४ हजार, ताजा तरकारी रु १४ करोड ७१ लाख ९० हजार, ताजा फलफूल रु ४७ करोड ७७ लाख २२ हजार, मसलाजन्य वस्तु रु एक अर्ब बढीको आयात भएको बताए ।

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : ५४ बजे

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय