१६ पुस २०८२, बुधबार | December 31, 2025

कृषिजन्य वस्तु : निर्यातभन्दा बढी आयात



झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु सात अर्ब ४१ करोड ८९ लाख तीन हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

सबैभन्दा बढी रु तीन अर्ब ९५ करोड ९६ लाख ४० हजार बराबरको ८०० मेट्रिक टन अलैँची निर्यात भएको छ । कार्यक्रममा नेपालमा उत्पादित अलैँची भारत, बङ्गलादेश र रसिया निर्यात भएको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिए ।

उनले यो नाका भएर दोस्रोमा चिया, तेस्रोमा मुसुरो दाल, अम्लिसो, अदुवा, जडीबुटीजन्य पदार्थ, प्लाइउड, तोरीको पिना, वन लसुन बढी मात्रामा निर्यात भएको बताए ।

संरक्षण अधिकृत साहुका अनुसार आयात हुनेमा सबैभन्दा बढी भटमासको सोयाविन रहेको छ । बङ्गलादेशबाट रु तीन अर्ब ८० करोड ७७ लाख ७५ हजार बराबरको ७० मेट्रिक टन सोयाविन आयात भएको छ । भटमासको सोयाविन पशुजन्य आहारामा बढी प्रयोग हुँदै आएको उनले जानकारी दिए ।

उनले चालु आव २०७८/७९ को जेठ मसान्तसम्ममा खाद्यान्न रु ९८ करोड ४३ लाख ६९ हजार, दलहन (गेडागुडी) रु एक अर्ब ३३ करोड ८१ लाख १४ हजार, ताजा तरकारी रु १४ करोड ७१ लाख ९० हजार, ताजा फलफूल रु ४७ करोड ७७ लाख २२ हजार, मसलाजन्य वस्तु रु एक अर्ब बढीको आयात भएको बताए ।

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : ५४ बजे

नयाँ वर्षका लागि भरिँदै सौराहा

चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार

पुषभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढ्यौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता, आत्मविश्वास

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी लिन प्रदेश सरकार तयार : मुख्यमन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई

ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत

टेक्सस । प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली