७ आश्विन २०८३, बुधबार | September 23, 2026

विनोद शाही मृत्यु प्रकरणः मंगलसेनमा निषेधित क्षेत्र घोषणा



अछाम । विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ ।

जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालय, बैरागी धारा बस काउन्टर, मंलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन भनिएकाे छ । यस्तै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न र निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारवाही हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ।

मृतक विनोद शाहीको न्यायको लागि भन्दै साेमबार ५ दलिय गठनबन्धनले गरेको आन्दोलनले उग्र रुप लिदा १३ सुरक्षाकर्मी घाइते भएका थिए । जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका १६ बर्षीय किशोर विनोद शाही २२ गते गाउँ नजिकैको भिरमा मृत भेटिएका थिए । हत्या भएको भन्दै परिवारले दिएको किटानी जाहेरीका आधारमा पञ्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेसहित ७ जनालाई प्रहरीले प्रकाउ गरि अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई