काठमाडौं । रामेछापको साँदिडाँडाबाट नेपालथोक जाँदै गरेको यात्रुबहाक बस लुभु नजिकै भीरबाट खसेको छ ।
बस दुर्घटना हुँदा कैयौं यात्रु हताहत भएको नेकपा माओवादी केन्द्रका नेता युवराज चौलागाईंले बताएका छन् ।
दुर्घटनास्थल के कति जनाको हताहत भयो भन्नेबारे भने कुनै जानकारी आएको छैन । दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्दारको प्रयास गरिरहेका छन् ।
हेलिप्टरबाट उद्दार गर्नका लागि मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय भैरहेको चौलागाईंले जनाएका छन् ।
घटनाबारे थप जानकारी आउन बाँकी छ ।
(अपडेट हुँदै गरेको समाचार)
प्रतिक्रिया