२० श्रावण २०८३, बुधबार | August 5, 2026

लुम्बिनीको दानपात्रमा २२ लाख बढी रकम



बुटवल । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा ३ महिनाको अवधिमा २२ लाख बढी दान संकलन भएको छ । लुम्बिीनीका मुख्य मुख्य स्थानमा राखिएको ३ वटा दानपात्रबाट २२ लाख रुपैंया बढी नगद दान संकलन भएको हो ।

लुम्बिनी स्थित मायाँदेवी मन्दिरमा राखिएको दानपात्रमा ३ महिनाको अवधिमा २२ लाख ९७ हजार रुपैंया संकलन भएको लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डिराज (सिद्धिचरण) भट्टराईले जानकारी दिए ।

लुम्बिनी बिकास कोषले गत आईतबारदेखि दानपात्रको रकम गणना सुरु गरेको थियो । कोषको निर्णयमा १५।१५ दिनमा दानपत्र खोल्ने भनिएपनि दानपत्र भरिएपछिमात्र खोल्ने समझदारी अनुसार ३ महिनापछि दानपत्र भरिएको र त्यसपछि खोलिएको कोषध्यक्ष भट्टराईले बताए ।

दानपात्रमा रहेको रकम गणनालाई पारदर्शी बनाउन सीसीटिभीको निगरानी सहित सुरक्षाको पर्याप्त व्यवस्था गरिएको थियो ।

कोषाध्यक्ष भट्टराईले कोरोना महामारी पछि लुम्बिनीमा विदेशी पर्यटक कम आएकाले दानपेटिकामा भेटी कम आएको बताए । अघिल्लो वर्ष चैतको १८ गते दानपेटिका खोलिएको थियो यो वर्ष असारको १९ गते खोलिएको हो । कोषले दानपात्रमा संकलित उक्त रकमबाट करारका कर्मचारीलाई तलव लगायत अन्य व्यवस्थापनको काम गर्दै आएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ५२ बजे

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल

त्रिविका पूर्व शिक्षाध्यक्ष प्राडा खड्ग केसी विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा त्रिभुवन