२२ भदौ २०८३, सोमबार | September 7, 2026

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड’ दोस्रो संस्करण नेपाल हुँदै



काठमाडौँ । नेपालमा ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण हुने भएको छ । आयोजक फेलिज इन्टरनेसनलले मंगलबार राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो । प्रतियोगिताको पहिलो संस्करण सन् २०१७ मा भएको थियो ।

आयोजकका अनुसार प्रतियोगितामा १६ देखि २१ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् । एसईई तथा प्लस टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापना सहयोग पु¥याउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको दाबी छ ।

प्रतियोगिताको शीर्ष विजेताले आगामी अक्टोबर १० मा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । यसबाहेक विजेताले द ब्रिटिस कलेजमा २० लाख रुपैंयासम्मको छात्रवृत्ति, आयोजकका तर्फबाट एक लाख रुपैंयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, फस्ट रनरअप तथा सेकेण्ड रनर अपले ब्रिटिस कलेजबाट १५ लाखसम्मको छात्रवृत्ति तथा सहभागीले पहिलो वर्ष अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बनिया, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्यलगायत छन् । अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुनेछ ।

फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्री डाईरेक्टर साहिल खानले यो केवल प्रतियोगिता नभई एक अवसर रहेको बताए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ९ : १५ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११