२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालले ५१ करोड रुपैयाँभन्दा बढीको राइस कुकर आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर नेपाल भित्रिएको हो ।

सो अवधिमा विश्वका १७ वटा देशबाट ५१ करोड ४६ लाख ७७ हजार रुपैयाँको राइस कुकर नेपालले आयात गरेको छ । उक्त मूल्यमा नेपालमा ३ लाख ८० हजार ७७२ थान राइस कुकर भित्रिएका छन् ।

पछिल्लो एघार महिनामा नेपालले बहराइन, ब्रुनाई, क्यानडा, चीन, हङकङ, भारत, इजरायल, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, कतार, साउदी अरब, सिंङ्गापुर, थाइल्याण्ड, युनाइटेड अबर इमिरेट्स र भियतनामबाट राइस कुकर आयात गरेको छ ।

नेपालमा सबैभन्दा बढी राइस कुकर चीन, भारत र दक्षिण कोरियाबाट आउने गरेको छ । उक्त अवधिमा चीनबाट ४६ करोड २६ लाख ६८ हजार रुपैयाँ, भारतबाट २ करोड ६५ लाख ४९ हजार रुपैयाँ र कोरियाबाट १ करोड ३५ लाख ४२ हजार रुपैयाँको राइस कुकर आएको छ ।

अघिल्लो आर्थिक २०७७/७८ मा १८ देशबाट नेपालमा ४४ करोड ९१ लाख २६ हजार रुपैयाँको राइस कुकर भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : ३५ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज