८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने आयोगको प्रारम्भिक अनुमान



काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।

मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मंसिरमा समाप्त हुने जानकारी दिएको आयोगले यसअघि नै प्रदेशसभा र प्रनिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बताउँदै २ मंसिरको मिति सरकारसमक्ष सिफारिस गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन एकै चरणमा गर्न मिति सिफारिस गरेको हो ।

उक्त निर्वाचन गर्न १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसअघि २०७४ सालमा भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ अर्ब ८० करोड खर्च भएको प्रवक्ता पौडेलले बताए ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ३३ बजे

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय