२ चैत्र २०८२, सोमबार | March 16, 2026

तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिले नगरमा निस्कने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ ।

तुलसीपुरमा बजारबाट उत्पादन हुँदै आएको फोहोरलाई व्यवस्थापन गरी मल उत्पादनको प्रक्रिया सुरु भएको नगरले जनाएको छ । तुलसीपुरबाट उत्पादन हुने गल्ने र नगल्ने फोहोरको वर्गीकरण गरी गल्ने फोहोरलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गरिने छ । अहिले सम्म नगरको फोहोर उठाउने खोल्सामा लगेर फाल्ने काम गरिँदै आइएको थियो ।

उपमहानगरपालिकाले फोहोर प्रशोधनका लागि अत्याधुनिक मेसिन समेत जडान गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले मेसिन जडान गरिसकेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–६ स्थित रहेको ‘डम्पिङ साइड’मा तुलसीपुर बजारबाट उत्पादन भएको गल्ने फोहोरलाई प्रशोधित गरेर प्राङ्गारिक मल उत्पादन गर्ने मेसिनको परीक्षण गरेको छ । यो मेसिन नेपालमै पहिलो पटक जडान गरिएको जनाइएको छ ।

प्राङ्गारिक मल उत्पादन गर्ने मेसिन ढुवानीसहित २६ लाख खर्च भएको छ । सो मेसिनमा दैनिक दुई सय किलो फोहोर हाल्न मिल्ने छ भने १५ दिनसम्म फोहोर हालेपछि प्रत्येक दिन ४० टन प्राङ्गारिक मलको उत्पादन गर्न सकिने छ । यो मेसिन भारतको पुनेबाट वीरगन्जको नाका हुँदै तुलसीपुरमा ल्याएर जडान गरिएको हो ।

उपप्रमुख स्यानी चौधरीले प्राङ्गारिक मल उत्पादनका लागि जडान गरिएको मेसिन चल्नका लागि ‘थ्री फेज’ विद्युतको आवश्यकता भएकोले नेपाल विद्युत कार्यालय तुलसीपुर वितरण केन्द्रसँग सहकार्य गरेर छिट्टै सञ्चालनमा ल्याउने बताइन । मल उत्पादनको काम एक हप्ताभित्रै सुरु गर्ने उनको भनाई छ ।

उनले उत्पादन भएको मललाई कस–कसलाई, कहाँ कहाँ वितरण गर्ने भनेर कार्यविधि बनाएर विक्री वितरण गर्ने बताइन् । मलको अभाव भएको समयमा यस प्रविधि मार्फत छिट्टै प्राङ्गारिक मल उत्पादन गर्न सकेमा नगरवासीले ठूलो राहत पाउने उनको विश्वास छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ०० बजे

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त