२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमका लागि टोलि परिचालन



काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको आज बिदाइ गरिएको छ । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

कार्यक्रम उपत्यकाका तीनसहित २१ जिल्लामा सञ्चालन गरिने छ । काठमाडौँ, ललितपुर, भक्तपुर, इलाम, ओखलढुङ्गा, भोजपुर, सिराहा, सर्लाही, रामेछाप, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की, कपिलवस्तु, बाँके, जुम्ला, सुर्खेत, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा कार्यक्रम हुनेछ ।

कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत करिब ४ हजार छात्राको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जानकारी दिए।

प्रशिक्षार्थीलाई नेपाल केआइएफ कुरोदय सङ्घ र नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घले आत्मरक्षासम्बन्धी तालिम दिने छन् ।

फुटबल, भलिबल, तेक्वान्दो, कराते र रग्बी खेलको प्रशिक्षण पनि दिइने छ । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० का विज्ञहरूले मनोविज्ञानसम्बन्धी प्रशिक्षण दिने छन् । कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : २३ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली