१५ बैशाख २०८१, शनिबार | April 27, 2024

निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक : पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेल



काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक भएको टिप्पणी गरका छन् ।

बिहीवार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्दै पोखरेलले यस्तो बताएका हुन् । उनले निर्वाचनमा उम्मेदवारी दिएका नेताहरुले नै निर्वाच्न आयोगले तोकेको भन्दा ८ गुणा बढी रकम खर्च हुने उल्लेख गरेको भन्दै यो अव्यवहारिक भएको बताए ।

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा धेरै पैसा खर्च हुने चिन्ता मात्र नभइ राजनीतिज्ञहरुलाई पैसाले किन्ने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले निर्वाचन संयन्त्र अपराधीको पकडमा जानुले पनि समस्या सिर्जना भइरहको बताए । पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनको परिणामलाई पैसाले किन्नुपर्ने बाध्यता सिर्जना हुनुले देशलाई क्षति पुग्ने बताए ।

पोखरेलले भने, ‘निर्वाचन आयोगले जुन इलेक्शन कष्ट तोकेको छ त्यो अव्यवहारिक छ । कसैले पनि त्यो पैसाले निर्वाचन हुन सक्छ भन्न सक्दैन । धेर खर्च हुनुमात्रै चिन्ता नभएर राजनीतिज्ञहरुलाई पैसाले किन्यो । अर्को कुरा निर्वाचन संयन्त्र अपराधीको पकडमा गएपछि कुन बाटो समाउँछौँ गुड गभर्नेन्स वा अन्य ? त्यो अर्को प्रश्न भयो । सबैभन्दा ठूलो कुरा निर्वाचनको परिणालाई पैसाले किन्यो ।’

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले चुनावमा खर्च गर्न आउने बाहिरी पैसाको श्रोत खोज्न आवश्यक रहेको बताए । उनले निर्वाचनताका कालो धनलाई सेतो बनाउन मिल्ने भएकाले बाहिरी पैसा ल्याउने चलखेलले देश दुर्घटनातर्फ जाने चेतावनी दिए ।

उनले भने, ‘चुनावमा खर्च गर्ने एक्स्ट्रा पैसा कहाँबाट आउँछ, कालो हो की, सेतो ? मुलुकभित्रको हो कि, बाहिरको हो कि ? किनभने संसारका धेरै मुलुकहरुमा मुलुकभन्दा बाहिरबाट आएको निर्वाचनको खर्चले मुलुकको राजनीतिमा प्रभाव पारेका कुराहरु छन । हाम्रोमा यदी त्यो प्रतिष्पर्धा हुने हो भने हामी कहाँ पुग्छौँ डर लागेको छ । नेपाली काँग्रेसकै पूर्व महामन्त्रीले भन्नुभयो, २०६४ मा ८० हजारले चुनाव जितेको थिएँ, त्यसपछि ३ करोड भयो, त्यसपछि ६ करोड भयो, अब को टिकट लिन सक्नुहुन्छ लिनुस । प्रचण्डजीले केही समयअघि मात्रै २०६४ मा त हामीले बिना पैसा जितेका थियौँ, अब पैसा नभइ हुँदैन, पैसा हामीसँग भन्दा अरुसँग बढी छ भन्नुभयो । यसको अनुभुति हरेक तहमा छ तर एक्शनमा जानुभएको छैन । किनभने एक्शनमा जान पनि आफूमाथि सबै आइपर्छ । आफू सधैँ सत्तामा रहन सकिँदैन । इलेक्शनमा राजनीतिक दलको नेतृत्वको भन्दा लगानी गरेर आफनो पक्षमा प्रतिनिधि वा निर्वाचित निकायलाई ल्याएर आफनो चाहनामा सरकार चलाउने कुरा बढयो । कालोधनकै मुख्य कुरा हो । निर्वाचन एउटा ह्वाइट बनाउने सही माध्यम हो कि ? भन्ने लागेको छ ।’

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले पार्टीका कारण स्थानीय निर्वाचन स्थानीय जस्तो नभएको भन्दै पार्टी बिनाको स्थानीय निर्वाचन प्रणालीमा जान मुलुकले सोच्नुपर्ने बताए । उनले मतदाता नामावली दर्ता निर्वाचन आयोगले गर्न जरुरी नरहेको र संघीय प्रणालीमा गइसकेपछि यो काम स्थानीय सरकारले गर्ने बताए । पोखरेलले निर्वाचनको निष्पक्षतामाथि आर्थिक प्रभावले ठूलो अवरोध खडा गरेको भन्दै निर्वाचनको सुरक्षा स्थानीय निकाय र राजनीतिक दलहरुलाई दिनुपर्ने प्रस्ताव अघि सारे ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ५ : २६ बजे

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल