२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

पिपिसि ढलानको छड्ने अनुगमनमा मेयर भट्टराई



खोटाङ । स्टीमेट अनुसार पिसिसि ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्ने अनुगमनमा पुगेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग-वडा कार्यालय सडकको पिसिसि ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि मेयर भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुगेका हुन् ।

असार मसान्तलाई लक्ष्यित गर्दै हिलो र माटोमाथि धमाधम ढलान भइरहेको जनगुनासोका आधारमा छड्ने अनुगमनमा निस्कनु परेको मेयर भट्टराईले बताए । सुटुक्क निर्माणस्थल पुगेका मेयर भट्टराईले वडाध्यक्ष लिलाकुमार चौहान, निर्माण उपभोक्ता समिति र स्थानीयसँग भेटघाट गरेर ढलानको विषयमा सत्यतथ्य जानकारी लिएका छन् ।

मध्यपहाडीबाट वडा कार्यालय-स्वास्थ्यचौकी पुग्ने बाँकी ५५० मिटर खण्डमा पिसिसि ढलान भइरहेको छ । तर पिसिसि ढलानका क्रममा प्राविधिक स्टिमेट अनुसार सव-वेस नलगाएको, ढलानमा रडको प्रयोग नगरिएको, ड्रेन र पर्खाल नबनाई गुणस्तरहीन काम गरेको गठबन्धन पक्षीय नेताको दावी छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को पुर्वाधार विकास कार्यक्रम शिर्षकको ७८ लाख (कन्टेन्जेन्सी कट्टा गरी)मा पिसिसि ढलानको काम सुरु गरिएको हो । स्टीमेट कुल्चिएर काम भएको भन्दै गठबन्धन पक्षधरले विरोध जनाएपछि पटक–पटक पिसिसि ढलानको काम रोकिएको थियो ।

एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानमाथि भेला नगरी आफुखुसी सडक ढलान उपभोक्ता समिति गठन गरेको, बदनियतपुवर्क किर्ते कागजात खडा गरी अनूकुल उपभोक्ता समिति गठन गरेको, उपभोक्ता समितिका सदस्य नै समितिको अध्यक्ष एवं पदाधिकारीका बारेमा बेखबर रहेको, योजनाको लागत रकम, स्टीमेट र कामको प्रकृति बारे थाहा नपाएको, कतिपयलाई झुक्याएर समितिमा राखेको आरोप छ ।

गत १९ पुसमा अनुगमनमा पुगेको नगरपालिकाका प्राविधिकले गुणस्तरहीन काम भएको भन्दै काम रोक्का गरेको, निर्माणकै चरणमा सडकको ढलान पड्किएको र सव–वेस नलगाइएकाले मुनिबाट ओढार परिसकेको गठबन्धन दलको दावी छ । वडाध्यक्ष चौहानले भने राजनैतिक पुर्वाग्रह राखेर सडक ढलानमा अवरोध सिर्जना गरिएको बताउँछन् ।

वर्षाले खोतलियो कालोपत्रे

मध्यपहाडी लोकमार्गदेखि केहीमाथि रहेको वडा कार्यालय पुग्ने सडकको कालोपत्रे भलपानीले खोतलेको छ । मध्यपहाडी कालोपत्रेको काम गरेको रमण गोल्डेन गुड जेभीका प्रतिनिधि साङ्गे शेर्पाले आर्थिक वर्ष २०७७/०७८ मा वडा कार्यालय जाने सडकको ३२० मिटर खण्ड कालोपत्रे गरिदिएका थिए । वर्षाको भलपानी कारण नाली खोतलिएर खोल्सो बनेको देखिएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : ५८ बजे

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र