४ पुस २०८२, शुक्रबार | December 19, 2025

पोखरामा चैते-५ धानको सफल परीक्षण



पोखरा । पोखरामा चैते–५ जातको धानको परीक्षण सफल भएको छ । परीक्षणका लागि पोखरा महानगरपालिकाले किसानलाई बीउ दिएर लगाइएको खेतीमा राम्रो उत्पादन भएको बताइएको छ ।

चैते(५ लगाएका किसानहरु सन्तुष्ट बनेका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । पोखरा १३ को आर्वा फाँटमा यसको परीक्षण गरिएको थियो ।

धानमा बाला राम्रो लागेकोले यो जातको धान लगाउने किसानहरु खुशी देखिएका आर्वाघारी कुलो उपभोक्ता समितिका अध्यक्ष देवराज पौडेलले बताए । ‘अरु जातभन्दा यसको उत्पादन राम्रो छ । बाला राम्रो लागेको छ,’ उनले भने, ‘चामलको स्वाद मिठो छ । त्यसैले यो धान किसानले प्रयोग गर्दा फाइदा बढी छ ।’

चैते धानको प्रवद्र्धन गर्न महानगरका ४ वटा क्लस्टरमा खेती गरिएको कडरियाले बताए । महानगरले किसानलाई अनुदान दिएको छ । हाते ट्याक्टर र त्रिपाल लगायतका सामग्री समेत सहयोग गरिएको उनले जानकारी दिए ।

‘यो धान अरुभन्दा दोब्बर फल्छ । धान मसिनो र खान पनि मिठो छ,’ उनले भने, ‘यसको प्रवर्द्धन गर्न सके पोखरामा आयात घट्दै जान्छ ।’ चैते ५ जातको धान १२० दिनमा पाक्ने विज्ञहरुले बताए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ११ : ०५ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज