३ चैत्र २०८२, मंगलबार | March 17, 2026

स्थानीय तह प्रदेश प्रति र प्रदेश संघ प्रति उत्तरदायी बन्नुपर्नेमा लुम्बिनी प्रदेशका सचिवहरुको समान धारणा



बुटवल । संघीयतालाई बलियो बनाउने हो भने स्थानीयलाई प्रदेश सरकारप्रति र प्रदेशलाई संघप्रति जवाफदेहिता बनाउनुपर्ने सरोकारवाला उच्च अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री कार्यालय र लुम्बिनी प्रदेशकाबीच भएको संघीयतामा संघ, प्रदेश, स्थानीयतहको अधिकारका सूचीहरु विषयक अन्तरक्रियामा सहभागी वक्ताहरुले संघ, प्रदेश र स्थानीयतले साझा अधिकारको कार्यन्वयनको गर्दा आफ्नो अधिकार क्षेत्र भित्र रहेर काम गरेमा संघीयतालाई बलियो बनाउने सकिने धारणा राखे ।

कार्यक्रममका बोल्दै लुम्बिनी प्रदेश सरकाका प्रमुख सचिव डिल्लीराम शर्माले संघीयतालाई बलियो बनाउनका लागि कर्मचारी प्रशासन र अन्य अधिकारको संविधानमा प्रष्टरुपमा लेखिनु पर्ने बताए । उनले संघीयतालाई बलियो बनाउन स्थानीय तह प्रदेश प्रति र प्रदेश संघ प्रति उत्तरदायी बनाउनु पर्ने बताए । उनले हालको संघीयताको मोडेलमा प्रदेशतहको भूमिका कम राखिएको भन्दै संघले सिधै स्थानीयतहमा जाँदा प्रदेश सरकार बलियो नहुने धारणा राखे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरुले प्रदेश कतिपय अधिकारहरु बाझिन आएकाले गर्दा त्यसलाई अझै मुर्तिकृत गर्नुपर्ने बताएका थिए । उनीहरुले अधिकारको क्षेत्रलाई साझा बनाउनेको नाममा काम गर्न कठिनाई भएको भन्दै त्यसलाई संघ र प्रदेश तथा स्थानीयतहको अधिकारलाई स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने सुझाव दिए ।

सचिवहरुले हालसम्म प्रदेश, संघ र स्थानीयतहका अधिकारको क्षेत्रहरु स्पष्ट नहुँदा कार्यन्वयनमा समस्या परेको समेत बताएका थिए । उनीहरुले खानी उत्खनन्, संरक्षण नदि जन्य पदार्थ लगायतका क्षेत्र विषयमा अधिकार क्षेत्र स्पष्ट गर्नुपर्ने बताए ।

साझा अधिकारमाले कार्य सम्पादनमा केही समस्या पारेको बताउँदै तीनतहको साझा अधिकार भन्दा एकल अधिकारमा स्ष्ट रुपमा लेखिनु पर्ने उनीहरुको धारणा छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : ५३ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै