१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘सङ्घीय प्रणालीलाई समृद्ध बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्छ’



काठमाडौं । नागरिक अगुवाले जनताको अपेक्षाअनुरुप सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको बताइरहँदा राजनीतिक दलका नेताहरुले भने जनआकाङ्क्षाअनुरुप लामो सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई समृद्ध बनाउन सबै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

नेपाल अध्ययन केन्द्रले ‘अभ्यासमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयमा आज यहाँ आयोजना गरेको राष्ट्रिय गोष्ठीमा उनीहरुले संविधानअनुरुपका संरचना सक्रिय नभएका र राजनीतिक दलहरुमा पनि परम्परागत सोच कायमै रहेकाले अपेक्षित सुधार आउन नसकेको बताए ।

नागरिक समाजका अगुवा डा देवेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास अपेक्षाअनुरुप नभएको टिप्पणी गरे । “संविधानको व्यवस्था । जनअपेक्षाअनुरुप व्यवस्था प्रभावकारी हुनसकेन कि भन्ने चिन्तो छ”, पूर्वमन्त्री पाण्डेले भने “केही नभएको होइन, संविधान बनेर कार्यान्वयन भइरहेको छ । सङ्घीय व्यवस्थाअनुरुप संरचना खडा भएका छन् । संविधानअनुरुप राज्यका केही निकायले जनतालाई केन्द्रमा राखेर काम नगरेकाले व्यवस्थाको प्रभावकारिता बढेको छैन ।”

राजनीति शास्त्रका प्राध्यापक कृष्ण खनालले राजनीतिक दलप्रति जनताको वितृष्णा बढिरहेको, सतही राजनीतिको खेलमा दल लागेकाले जनतामा आक्रोश बढेको बताए । उनले दलीय प्रणालीलाई बलियो बनाउन अहिलेको पार्टी संरचना परिवर्तन गर्न जरुरी भएको बताए ।

नागरिक अगुवा अर्चना थापाले जनताको आकाङ्क्षा पुरा गर्न अहिलेको अभ्यास पर्याप्त नभएको, समावेशीताको सिद्धान्तको पूर्ण कार्यान्वयन नभएको बताए। समाजमा रहेका विभिन्न पीडित वर्ग र समुदायको मागलाई सम्बोधन गर्न सरकार र राजनीतिक दलले ध्यान दिन आवश्यक रहेको बताए ।

राजनीतिक विश्लेषक हरि शर्माले संविधान बमोजिम बनेका संरचनाको कतिको प्रभावकारिता छ भनेर समीक्षा गरेर व्यवस्थाको सुधार गरेर लैजानुपर्नेमा जोड दिए । उनले सङ्घीय व्यवस्थाको प्रभावकारिताका लागि संविधानमा व्यवस्था गरिएका विषयको कार्यान्वयन गरिनुपर्ने खाँचो औँल्याए।

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयनका लागि संविधानबमोजिम सङ्घीय निजामती र प्रहरी ऐन चाँडो टुङ्ग्याइनुपर्नेमा जोड दिए । “सङ्घीय शासन प्रणालीलाई व्यावहारिक र प्रभावकारी बनाउन राज्यको स्रोत र साधनमा समान पहुँज र सबैको स्वामित्वको सुनिश्चितता गरिनुपर्छ । राज्यका हरेक तह र तप्कामा सबै वर्ग र समुदायको समान सहभागिता हुनुपर्छ”, नेता गुरुङले भने।

नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले जनताको आवश्यकता र चाहनाबमोजिम लामो सङ्घर्षबाट प्राप्त मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई व्यावहारिक बनाउन सबैले ध्यान दिन जरुरी भएको बताए । उनले संविधानमा व्यवस्था भएअनुरुप नीतिगत र संरचनागत सुधार गरेर लैजानसके व्यवस्थाप्रतिको लोकप्रियता बढ्ने विश्वास व्यक्त गरे । नेता रिजालले अहिलेको निर्वाचन प्रणाली सुधार नगरेसम्म व्यवस्थाको प्रभावकारिता नहुने जिकिर गरे।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नेतृत्व गर्ने सक्षम व्यक्तिको खडेरीले यस व्यवस्थाप्रति आलोचनन बढेको टिप्पणी गरे । सरकार र राजनीतिक दलको नेतृत्व एउटै व्यक्ति लामो समयसम्म रहने प्रवृत्तिले जनतामा निरासा छाएको उनको भनाइ छ ।

पूर्वसभामुख ओनसरी घर्तीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई प्रभावकारी बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन । युवापुस्ताले पनि सधैँ विरोध मात्रै हैन व्यवस्थालाई कसरी सुदृढ र प्रभावकारी बनाउने भन्नेबारे विकल्पसहित पहलकदमी लिनुपर्ने धारणा राखे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई हाक्ने सही नेतृत्व नहुँदा यसको अभ्यास प्रभावकारी बन्न नसकेको बताए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ८ : ३८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान