२० मंसिर २०८२, शनिबार | December 6, 2025

बेलायत नेपालको महत्वपूर्ण विकास साझेदार : प्रधानमन्त्री देउवा



लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पूरा भएको अवसरमा एक सन्देश दिदैै दुई मुलुकसँग दुई सयभन्दा बढी लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका छन्।

देउवाले ठूलो संख्यामा रहेका भूतपूर्व गोर्खा सैनिकका समस्या तथा मागहरु सम्बन्धित क्षेत्रसम्म पुराउन बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे ।

देउवाले आइतवार हुने विषेश समारोहको सफलताको लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि बेलायतमा कार्यरत पत्रकारहरुले नेपाल–बेलायत सम्बन्ध मजबुत पार्न रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएका छन् ।

उनले सन् १९९० पछि नेपालीहरु संसारभर पुगेका प्रवासी नेपाली समुदायले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न सक्दो प्रयास गरिरहेको बताए ।

देउवाले प्रवासबाट सञ्चालित नेपाली सञ्चार माध्यमहरुले गैर आवासीय नेपालीहरुलाई नेपालसँग जोड्नुका साथै स्थानीय नेपाली समुदायका समस्याहरु पहिल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : ०५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय