२६ बैशाख २०८१, बुधबार | May 8, 2024

ओझेलमा ओखरबोट जङ्गलका तीन ताल



गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा परेका छन् ।

जङ्गलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम-दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन । तर, तीनवटै ताल खडेरी र वर्षामा सधैँ एकनास देखिन्छन् । तालमा जलहाँस पौडने र त्यसैबाट तालको सफाइ हुने स्थानीय बताउँछन् ।

ओखरबोटका स्थानीय चाम पुनका अनुसार ती जलहाँस दिनमा देखिँदैनन् तर, साँझपख कताबाट आउँछन् र पुठा तालमा भाले र पोथी जलक्रिडा गरी त्यहाँबाट दह तालमा पुगेर तालका पातपतिङ्गर सफा गर्छन् । तालमा झरेका पातपतिङ्गर चुच्चाले टिपेर सफा गरिसकेपछि म्याग्दीको प्राकृतिक धार्मिकस्थल मालिका जाने बाटोको पश्चिमतिर रहेको सरबारी तालमा पुगेर हराउने गर्दछन् ।

ओखरबोटका स्थानीय युवा नवीन पुनले तालको बारेमा आफूले सुनेको तर प्रत्यक्षरुपमा त्यहाँ नपुगेको बताए । स्थानीय दलबहादुर घर्तीले ओखरबोट गाउँको मध्यभागबाट पुठा ताल पुग्न करिब एक घण्टा लाग्ने बताए ।

त्यहाँबाट ४५ मिनेटमा दह र दहतालबाट एक घण्टा घनाजङ्गल छिचोलेर हिँडेपछि सरबारी ताल पुगिन्छ । जङ्गलको बीच भागमा रहेका तीनवटै तालमा पुगेर म्याग्दीको ओखरबोट र बागलुङको तमानखोला निस्कन चार घण्टाभन्दा बढी समय लाग्ने स्थानीयको भनाइ छ ।

स्थानीय चेमबहादुर पुनले तालको प्रचारप्रसार गरी आवश्यक पूर्वाधार तयार गर्ने हो भने बागलुङ र म्याग्दीका आन्तरिक पर्यटक यहाँ आउने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : ३२ बजे

गरिबीका कारण मकवानपुरका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय

पार्टी विभाजन बारे जसपा नेपालले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा