१६ पुस २०८२, बुधबार | December 31, 2025

माकुराको घर बन्दै विद्यालयका कम्प्युटर



मुगु । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाँउपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर प्रयोगविहीन हुँदा माकुराको घर बनेका छन् ।

७ बर्ष पहिले नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दुर सञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाँउपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यामिक बिद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षासँगै ईन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा कम्प्युटर, ४ वटा सीसी क्यामरा र ईन्टरनेट सेवा सहयोग गरिए पनि उक्त बिद्यालयमा विद्युत् नहुँदा जडान गरिएका कम्प्युटर, सीसी क्यामरा र ईन्टरनेट मेसिनमा माकुराले जालो लगाएका छन् ।

७ बर्ष पहिला विद्यालयमा वैकल्पिक सौर्य उर्जाबाट बिद्यालयलाई सौर्य पाता सहितको विद्युत् सहयोग गरेको थियो । सोहीअनुरुप नेपाल सरकार सञ्चार तथा प्रबिधि मन्त्रालय र नेपाल दुर सञ्चार प्राधिकरण कम्प्युटर, सीसी क्यामरालगायतका विद्युतीय उपकरण माग गर्दा उपलब्ध भएको थियो । तर, विद्युत् सेवाको सहज पँहुच नहुँदा लाखौ मुल्यका कम्प्युटर र अन्य सामग्री प्रयोगविहीन भएको विद्यालयले जानकारी दिएको छ ।

बिद्यालयमा कक्षा ६, ७, ८ सम्म कम्प्युटर शिक्षा विषय पढाई हुने भएकोमा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन नगरी थन्काइएको छ । ‘गाउँका सिहं दरवार खत्याड गाँउपालिकामा विद्युत् व्यवस्थापनका लागि उचित बजेटको प्रवन्ध मिलाउन गाँउपालिकासँग आग्रह गरेका थियौ, तर गाउपालिकाले कुनै पनि सुनाई गरेन । विद्यालयमा आर्थिक स्रोत पनि नभएकोले कम्प्युटर प्रयोगविहीन बनेका छ’, बिद्यालयका प्राधानाध्यापक चन्द्र बहादुर रोकायाले बताए ।

लामो समयसम्म प्रयोगविहीन कम्प्युटरमध्ये केही बिग्रिएका छन् । विद्यालयमा ल्याईएको कम्प्युटर प्रयोगविहीन बन्दा विद्यार्थीलाई समस्या भएका अभिभावक चन्द्रविर बुढाले गुनासो गरे ।

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : ०४ बजे

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व,

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९

भदौ २४ मा भएको लुटपाट र आगजनीमा संलग्नहरुलाई कडा कारवाही हुनुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भदौ २४ मा