२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

माकुराको घर बन्दै विद्यालयका कम्प्युटर



मुगु । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाँउपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर प्रयोगविहीन हुँदा माकुराको घर बनेका छन् ।

७ बर्ष पहिले नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दुर सञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाँउपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यामिक बिद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षासँगै ईन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा कम्प्युटर, ४ वटा सीसी क्यामरा र ईन्टरनेट सेवा सहयोग गरिए पनि उक्त बिद्यालयमा विद्युत् नहुँदा जडान गरिएका कम्प्युटर, सीसी क्यामरा र ईन्टरनेट मेसिनमा माकुराले जालो लगाएका छन् ।

७ बर्ष पहिला विद्यालयमा वैकल्पिक सौर्य उर्जाबाट बिद्यालयलाई सौर्य पाता सहितको विद्युत् सहयोग गरेको थियो । सोहीअनुरुप नेपाल सरकार सञ्चार तथा प्रबिधि मन्त्रालय र नेपाल दुर सञ्चार प्राधिकरण कम्प्युटर, सीसी क्यामरालगायतका विद्युतीय उपकरण माग गर्दा उपलब्ध भएको थियो । तर, विद्युत् सेवाको सहज पँहुच नहुँदा लाखौ मुल्यका कम्प्युटर र अन्य सामग्री प्रयोगविहीन भएको विद्यालयले जानकारी दिएको छ ।

बिद्यालयमा कक्षा ६, ७, ८ सम्म कम्प्युटर शिक्षा विषय पढाई हुने भएकोमा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन नगरी थन्काइएको छ । ‘गाउँका सिहं दरवार खत्याड गाँउपालिकामा विद्युत् व्यवस्थापनका लागि उचित बजेटको प्रवन्ध मिलाउन गाँउपालिकासँग आग्रह गरेका थियौ, तर गाउपालिकाले कुनै पनि सुनाई गरेन । विद्यालयमा आर्थिक स्रोत पनि नभएकोले कम्प्युटर प्रयोगविहीन बनेका छ’, बिद्यालयका प्राधानाध्यापक चन्द्र बहादुर रोकायाले बताए ।

लामो समयसम्म प्रयोगविहीन कम्प्युटरमध्ये केही बिग्रिएका छन् । विद्यालयमा ल्याईएको कम्प्युटर प्रयोगविहीन बन्दा विद्यार्थीलाई समस्या भएका अभिभावक चन्द्रविर बुढाले गुनासो गरे ।

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : ०४ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज