२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

लमजुङमा एक वर्षमा ६० जना फरार अभियुक्त पक्राउ



लमजुङ । लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० जना फरार अभियुक्त पक्राउ गरेको छ ।

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीका अनुसार ४५ जना पुरुष र १५ जना महिलालाई पक्राउ गरेका छन् । उनीहरू ३९ वर्ष ३ महिना ९ दिन कैद र १ करोड ३६ लाख १८ हजार ९ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने अभियुक्त हुन् ।

गत आव ०७७/७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ जना पक्राउ गरिएकोमा उनीहरूको असुल कैद १६ वर्ष ६ महिना ३ दिन र ३ लाख ५३ हजार ३ सय ५० रुपैयाँ जरिवाना रकम थियो ।

अघिल्लो आव ०७६/७७ मा ९ पुरुष फरार अभियुक्त पक्राउ गरिएकोमा असुल कैद २० वर्ष २ महिना १ दिन र असुल जरिवाना ९७ हजार ७ सय ८२ रुपैयाँ थियो । डीएसपी कार्कीका अनुसार प्रहरीले फरार अभियुक्तको सूची तयार पारेर खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : ३२ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा