१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै



काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदै छन् ।

उनी नेपालको चार दिने भ्रमणमा आज काठमाडौं आउने भएका हुन । आठ सदस्यीय चिनियाँ टोलीको नेतृत्व गर्दै आउन लागेका जियानचाओ भखर्रै सीसीपीको विदेश विभाग प्रमुख नियुक्त भएका हुन् ।

तीन महिनामै चीनबाट हुन लागेको यो उच्चस्तरीय दोस्रो भ्रमण हो । यअसघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएका थिए ।

लिउले भ्रमणका क्रममा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतालाई भेट्ने कार्यक्रम छ ।

त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग विशेष भेटघाटको कार्यक्रम तय भएको छ ।

संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

उनले केही दिनअघि एमाले, माओवादी र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : २४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम