२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौं आइपुगे



काठमाडौं । चार दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज विहान काठमाडौं आइपुगेका छन् । आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज काठमाडौं आएका हुन् ।

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् ।

केहीदिन अघि लिउले ओली र प्रचण्डसँग भिडियो मार्फत कुराकानी गरेका थिए । केहीदिन अघि उनले परराष्ट्रमन्त्री डा. खड्कासँग पनि भिडियो सम्वाद गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ११ : ४९ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज