८ बैशाख २०८१, शनिबार | April 20, 2024

स्रष्टालाई सम्मान गर्नु राष्ट्रको दायित्व : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् ।

आईतवार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कार समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत तथा नाटय लगायतका विधामा योगदान दिने श्रष्टाहरुको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हुन् ।

देउवाले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाटय लगायतका विधाहरु मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताए । उनले नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि बताए । प्रधानमन्त्री देउवाले श्रष्टा र साधकहरुलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मानले श्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने जिकिर गरे ।

देउवाले भने, – ‘भाषा, साहित्य, संस्कृति, इतिहासकला, संगीत एवं नाटय लगायतका विधाहरु मुलुकका गहना हुन । ती हाम्रा सभ्यता र संस्कृतिका धरोहर हुन । ती हाम्रा राष्ट्रिय गौरवका विषय हुनुका साथै तिनले नै स्वदेश तथा विदेशमा नेपालको विशिष्ट राष्ट्रिय पहिचान बनाउन सघाउ पु¥याउँदै आएका छन । तसर्थ यी क्षेत्रका विकास र संरक्षण गर्न संलग्न संस्था तथा साधकहरुको सम्मान एवं कदर गर्नु हाम्रो राष्ट्रिय दायित्व पनि हो । श्रष्टा र साधकहरुको सम्मानबाट उहाँहरुले सम्बन्धित क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर हुनुका साथै उहाँहरुलाई आफू संलग्न क्षेत्रमा थप सिर्जनात्मक काम गर्न प्रेरणा र प्रोत्साहन पनि मिल्नेछ । यसै तथ्यलाई मध्येनजर गरि सरकारले विभिन्न राष्ट्रिय व्यक्तित्वको नाममा विभिन्न पुरस्कारहरुको स्थापना गरेको हो । आज समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएका विशिष्ट प्रतिभाहरुलाई नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक बधाई दिन चाहन्छु । साथै पुरस्कृत प्रतिभाहरुबाट आगामी दिनमा राष्ट्रको भाषा, साहित्य, कला, संस्कृति, संगीत एवं नाटय क्षेत्रको विकास हुनेमा अझ बढी योगदानको अपेक्षा पनि गरेको छु ।’

प्रधानमन्त्री देउवाले श्रष्टाहरुप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको सर्वाङगीण विकासमा श्रष्टाहरुको अझ योगदान हुने विश्वास व्यक्त गरे । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले विभिन्न विधामा योगदान पु¥याउने ४३ जना श्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : २१ बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु