३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

मेलम्चीको व्यापार, व्यवसाय बर्खा लागेसँगै सुस्त



मेलम्ची । गत वर्षको बाढीबाट तङरिँदै गरेकोे मेलम्ची बजारको चहलपहल फेरि हराउन थालेको छ । दैनिक एक करोड रुपैयाँसम्मको कारोबार हुने सिन्धुपाल्चोककै प्रमुख व्यापारिक केन्द्र मेलम्ची बजारमा बर्खा लागेसँगै यातायात सञ्चालन तथा मानिसलाई आवतजावत गर्न पुल नहुँदा व्यापार व्यवसायमा पनि धक्का लागेको छ । सोही कारण मेलम्ची बजारको रौनकता हराउँदै गएको छ ।

चार गाउँपालिकाको व्यापारीक सङ्गम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा पसलबाट दैनिक करोडको हाराहारीमा कारोबार हुन्थ्यो । गत वर्षको बाढीले कारोबार एकै झट्कामा झण्डै शून्यमा झारेको थियो । बाढीपछि विस्तारै उठ्दै गरेको यहाँको व्यापार व्यवसाय बर्खा लागेसँगै फेरि सुस्ताउन थालेको स्थानीय कपडा व्यवसायी मीनकुमारी लामिछाने बताउँछन् ।

हेलम्बु, इन्द्रावती, पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाको व्यापारिक सङ्गम मेलम्चीबजार हो । यो बजारबाट विभिन्न गाउँमा थोक बिक्रीसमेत हुने गर्दछ । गतवर्ष बाढीले व्यापारिक केन्द्र मेलम्चीको करिब आधा भाग बगाएको थियो । लामो समयदेखि मेलम्ची बजारमा लाखौँ लगानी गरेर होटल व्यवसाय गर्दै आउनुभएका तीर्थ तामाङ, मानिसको चहलपहल नुहुँदा व्यवसाय नै ठप्प हुन पुगेको बताउँछन् । उनलाई बैँकको लाखौँ ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । मेलम्ची बजारमा सामान्य चिया पसलदेखि दैनिक दुई तीन लाखसम्म कारोबार गर्ने पसल छन् । निर्माण सामग्री बिक्रेता र होटल तथा रिसोर्ट यहाँबाट धेरै कारोबार गर्नेमा पर्दछन् ।

व्यापारिक दृष्टिले जिल्ला सदरमुकाम चौतारा, बाह्रबिसे, खाडीचौर, जलवीरेको तुलनामा मेलम्ची अब्बल ठाउँ हो । बजारमा दैनिक मेलाजस्तै लाग्ने भीडको चलहपहल अहिले शून्य भएको छ । बजार ठप्प हुन पुग्दा बैँक तथा वित्तीय संस्थामा समेत नकारात्मक प्रभाव परेको छ भने ऋण लिएर कारोबार सञ्चालन गरिरहेका व्यापारी मर्कामा परेको नेपाल बैँक लिमिटेड मेलम्ची शाखाका प्रबन्धक रोशन तिवारीको भनाइ छ ।

गतवर्ष इन्द्रावती र मेलम्ची नदीमा एकै साथ आएको बाढीका कारण असुरक्षित बनेको मेलम्चीबजार क्षेत्रमा जोखिमअझै कायम रहेको विज्ञ बताउँछन् । उता स्थानीयवासी र व्यवसायी भने सरकारले बजार क्षेत्रका घरको संरक्षण गर्दै यहाँको आर्थिक कारोबारको पाटोलाई ब्यूँताउँदै यसलाई दीर्घकालीन बनाउँदै जानुपर्ने बताउँछन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : २३ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा