२४ बैशाख २०८१, सोमबार | May 6, 2024

परराष्ट्रमन्त्री डा. खड्का र सीपीसी विदेश विभाग प्रमुख जियान्चाओबीच भेट



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खडकासँग भेटवार्ता गरेका छन् ।

सीपीसीका विदेश विभाग प्रमुख जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खडकासँग भेटवार्ता गरेका हुन् ।

परराष्ट्र मन्त्रीलाई भेटन जियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार पुगेको थियो । भेटका क्रममा नेपालले एक चीन नीतिप्रति प्रतिवद्धता जनाउँदै नेपालमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले भोलि (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष दलका नेता नेकपा (एमाले)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने तयारी भईरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओको नेपाल भ्रमणलाई रुचिपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : १९ बजे

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण