२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी डान्स आईकन हुदै



बुटवल । नृत्य प्रतिभालाई प्रस्फुटन गर्ने लक्ष्यका साथ लुम्बिनी डान्स आईकन प्रतियोगिता हुने भएको छ । नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा लुम्बिनी डान्स आईकन हुने भएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि संघका प्रदेश अध्यक्ष लोकेन्द्र शाहले बताए ।

‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ नारासहित स्थापना भएको संघमार्फत नृत्य सिकाउनुका साथै विविध रचनात्मक कार्यक्रम गर्दै आएको उनले बताए । टिपिकल नृत्यलाई सहभागी हुने गरि एकल, जोडी र सामुहिक गरि ३ विद्यामा आयोजना हुने प्रतियोगिताको अडिसन लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख शहरहरुमा गरिने उनले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । फागुन ६ गते नृत्य दिवसमा बुटवलमा भब्य रुपमा मनाउने उनले बताए । नृत्य दिवसमा करिब २० लाख खर्च हुने अनुमान रहेको उनले बताए । देशभरका नृत्यकारहरु भित्र्याउने लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका रामराज पोखरेलले लोक संस्कृति र पहिचानलाई जगेर्ना हुने गरि कार्यक्रम गर्न सुझाव दिए । नृत्यको नाममा संस्कृतिलाई नकारात्मक प्रभाव पार्न र विकृतिहरुलाई मेट्ने गरि कार्यक्रम गर्नुपर्ने उनले बताए । नेपाली संस्कृति, संस्कारलाई रितिरिवाज झल्काउने गितसंगित र कपडा, गहनाहरु बढिभन्दा बढि प्रयोग प्रतियोगितामा गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा लोकदोहरी प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डिल्ली नारायण पाण्डेले देशका गहना मानिने कलाकारहरुको सम्मान स्वरुप महत्वपूर्ण कार्यक्रम भएको बताए । सरकारबाट गर्नुपर्ने कार्यक्रमलाई नृत्य कलाकारहरु संस्कृति जगेर्नामा लाग्नु निक्कै सराहनीय कार्य भएको उनले बताए ।

कार्यक्रममा महिला उपाध्यक्ष मिना बुढाथोकीले पहिलोपटक प्रदेशमा कार्यक्रम गर्न लागेको बताए । प्रदेशका कुनाकन्दरामा लुकेका नृत्यमा रुचि भएका कलाकारहरुलाई प्रस्फुटन गर्ने लक्ष्यसहित कार्यक्रम गर्न लागेको उनले बताईन ।

कार्यक्रमका सहसंयोजक माईकल दर्लामीले रुपन्देहीबाट पहिलो अडिसन ३२ गते नवीन औधोगिक माविमा हुने बताए । पहिलो अडिसनमा ५ सय नृत्य कलाकार सहभागी हुने उनले बताए । प्रतियोगीबाट दर्ता शुल्कवापत एकल ३ सय रुपैया, जोडी ६ सय र सामुहिक १ हजार रुपंया राखिएको उनले बताए । चार राउण्डमा संचालन हुने प्रतियोगिताको फाईनल दुई महिनामा सम्पन्न हुने उनले बताए । पहिलो र दोस्रो चरणको अडिसन निर्णायकबाट तथा तेस्रो र चौथो चरणमा भने निर्णायक र थप भोटिङबाट निर्णय हुने उनले बताए ।

कार्यक्रममा एशियन थाई फुडका रिजनल म्यानेजर दिपक बास्तोला, सल्लाहकार मनिष पन्त, संयोजक सुन्दर गुरुङले प्रतिभाप्रस्फुटन हुने गरि संस्कृति जर्गेनामा सबैको साथ जरुरी रहेको बताए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ०५ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११