१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमाले अध्यक्ष ओलीलाई भेटे सीपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओले



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष ओलीलाई भेट्न चिनियाँ नेता लिउसहितको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध, दुई पार्टीबीचको सम्बन्ध, बीआरआई एवं आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट गरिसकेका छन् । नेपालका नेताहरुसँगको छलफलका क्रममा लिउले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरुले पनि त्यसै गरुन भन्ने चाहेको सन्देश दिएका छन् । उनले नेपालबाट चीन विरोधी गतिविधि हुन नदिन नेपालले गरेको प्रयासको प्रशंशा गर्दै थप सक्रियता देखाउनुपर्ने धारणा राखेका छन् ।

नेपालका नेताहरुले एक चीन नीतिप्रति प्रतिवद्ध रहेको दोहोर्याएका छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : ०२ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष