७ आश्विन २०८३, बुधबार | September 23, 2026

पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा, जनही ४७ लाख ३७ हजार बिगो दाबी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिहरभवनस्थित पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालयका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले ४७ लाख ३७ हजार ६२९ रुपैयाँ गैरकानूनी लाभ तथा हानी पु-याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आज दायर गरिएको मुद्दामा प्रत्येकसँग ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो दाबी गरिएको छ ।

अख्यितारले मुद्दा दायर गरेका अन्यमा पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालयका लेखा अधिकृत रामप्रसाद बँजगाई र वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, किराँत याकथुम चुमलुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेश बहादुर सोदेम्बा र लाइफ टाइम इन्जिनियरिङ सोलुसन प्रा।लि। काठमाडौंका सञ्चालक रोशन भट्टराई छन् ।

आर्थिक वर्ष २०७३÷०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेटबमोजिम कार्य नै नगरी ४७ लाख ३७ हजार ६२९ रुपैयाँ भुक्तानी भएको पाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ४ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई