८ बैशाख २०८१, शनिबार | April 20, 2024

पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा, जनही ४७ लाख ३७ हजार बिगो दाबी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिहरभवनस्थित पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालयका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले ४७ लाख ३७ हजार ६२९ रुपैयाँ गैरकानूनी लाभ तथा हानी पु-याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आज दायर गरिएको मुद्दामा प्रत्येकसँग ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो दाबी गरिएको छ ।

अख्यितारले मुद्दा दायर गरेका अन्यमा पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालयका लेखा अधिकृत रामप्रसाद बँजगाई र वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, किराँत याकथुम चुमलुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेश बहादुर सोदेम्बा र लाइफ टाइम इन्जिनियरिङ सोलुसन प्रा।लि। काठमाडौंका सञ्चालक रोशन भट्टराई छन् ।

आर्थिक वर्ष २०७३÷०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेटबमोजिम कार्य नै नगरी ४७ लाख ३७ हजार ६२९ रुपैयाँ भुक्तानी भएको पाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ४ : ४८ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन