२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

स्कटल्यान्डसँग खेल जित्न १४५ रनको लक्ष्य



काठमाडौ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध जितका लागि १४५ रनको लक्ष्य पाएको छ ।

स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले ४२।५ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो ।

नेपालका सोमपाल कामी, आदिल अन्सारी र करण केसीले उत्कृष्ट बलिङ गरेपछि स्कटल्यान्ड सस्तैमा समेटिएको हो ।

स्कटल्यानडका लागि नवौं नम्बर ब्याटिङ गर्न लागेको गाबिन मैनले सर्वाधिक ६४ रन बनाए । यस्तै, मार्क वाटले १७, सफयान शरिफले १६, कालुम म्याकलोड १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका सोमपालले १० ओभरमा ४० रन दिएर तीन विकेट लिए । आदिल अन्सारीले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चिएर तीन विकेट झारे । करण केसीले ९ ओभरमा ३१ रन दिएर एक विकेट लिए । कप्तान सन्दीपले १० ओभरमा ३५ रन दिएर दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो ।

श्रृंखलाका लागि स्कटल्यान्ड रहेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता, स्कटल्यान्डले नामिबियालाई ७७ रनले हराएको हो ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ५५ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

सात जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण