२५ असार २०८३, बिहिबार | July 9, 2026

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार



काठमाडौं । सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो ।

नेपाल सरकारले आर्थिक वर्ष २०७७/८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ । सो वैदशिक ऋणमध्ये सरकारले १० अर्ब १० करोड ७२ लाखको मात्र खर्च गरेको छ ।

बाँकी करिब ७४ प्रतिशत अर्थात् २८ अर्ब ३१ करोडको भने प्रयोग नै नगरी ब्याज तिरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले प्राप्त ऋणको उपभोग नै नगरिएकाले ऋण रकमममा समेत ब्याज तिर्नुपर्ने अवस्थामा रहेको भन्दै वैदेशिक स्रोतको उपयोग क्षमता बढाउन भनेको छ ।

बजेट विनियोजन नै हचुवा

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि गरेको बजेट विनियोजनमा नै महालेखाले प्रश्न उठाएको छ ।

मन्त्रालय र मातहतको निकायका लागि पुँजीगततर्फ सुरु विनियोजित बजेट १ खर्ब २३ अर्ब ९२ करोड ८३ लाखमा ६१ अर्ब १५ करोड १३ लाख (४९.३४) प्रतिशत र थप ४७ अर्ब १८ करोड १० लाख (३८.०७) घटाई १ खर्ब ३७ अर्ब ८९ करोड ८७ लाख बजेट कायम गरेकाले सुरु विनियोजन नै यथार्थपरक नदेखिएको महालेखाले जनाएको छ ।

महालेखाको वार्षिक प्रतिवेदन २०७९ अनुसार भौतिक मन्त्रालयले कतिपयमा १ सय २२ प्रतिशतसम्म रकमान्तरबाट थपघट गरेको पाइएको छ ।

त्यसो त मन्त्रालयले एकै महिनामा ९ अर्बमाथि थपघट गरेको समेत पाइएको छ । मन्त्रालयले कार्यप्रगतिको आधारमा भन्दै बजेट थपघट गर्दा असार महिनामा मात्र २३ आयोजनामा ९ अर्ब ३९ करोड ७५ लाख थप गरी १८ आयोजनामा भने ९ अर्ब ८ करोड ४९ लाख घटाएको पाइएको छ । मन्त्रालयले मनोमानी ढंगले सुरु विनियोजित बजेटको ८७.४१ प्रतिशत असारमा मात्र थपघट गरेको पाइएको हो ।

महालेखाले मन्त्रालय र मातहतसमेतका १ सय ३९ सरकारी कार्यालयको १ खर्ब २० अर्ब ७४ करोड ५३ लाखको लेखापरीक्षण गरेको हो । विगत चार वर्षको औसत पुँजीगत खर्च विनियोजित बजेटको तुलनामा ७८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा भने ६७.६८ प्रतिशत मात्र देखिएको पनि महालेखाले औंल्याएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ७ : ११ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको