७ आश्विन २०८३, बुधबार | September 23, 2026

हिमालयनमा गाभिने भयो सिभिल बैंक



काठमाडौं । हिमालयन बैंकले सिभिल बैंक लिमिटेड प्राप्ति गर्ने भएको छ । बुधबार हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै बैंकबीच भएको समझदारीअनुसार हिमालयन बैंकले अब सिभिल बैंकको सेयर प्रतिकित्ता ८१ रुपैयाँका आधारमा कारोबार गर्नेछ ।

प्राप्तिपछि बैंकको नाम हिमालयन बैंक नै रहनेछ । सञ्चालक समिति हिमालयन बैंककै रहने गरी भएको समझदारीअनुरूप समिति अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा बन्नेछन् ।

हाल हिमालयन बैंकको चुक्तापुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको नौ अर्ब सात करोड रुपैयाँ छ । १००ः८१ का दरले पुँजी समायोजन हुँदा सिभिलको करिब सात अर्ब ३५ करोड रुपैयाँ हुनेछ । यसअनुसार नयाँ बन्ने बैंकको पुँजी २० अर्ब ३० करोड रुपैयाँभन्दा माथि हुने देखिएको छ ।

लगानीतर्फ हिमालयन बैंकको एक खर्ब ५८ अर्ब र सिभिल बैंकको ८६ अर्ब ७४ करोड रुपैयाँ छ । निक्षेपतर्फ हिमालयन बैंकको एक खर्ब ७२ अर्ब तथा सिभिल बैंकको ९३ अर्ब ३३ करोड रुपैयाँ रहेको जनाइएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको कुल शाखा संख्या १८९ पुग्नेछ । यस कदमले संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्यक्षमतामा उल्लेख्य प्रगति हुने हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १२ : ०० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज