२९ माघ २०८२, बिहिबार | February 13, 2026

अवैधरुपमा बालुवा उत्खनन्, तीन ट्याक्टर जफत



खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

२४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसार–पसार गरिरहेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले बालुवा सहितको ट्याक्टर नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएको छ ।

२४ असारमा तुवाचुङ नगरपालिका–८ धितुङस्थित सुनकोशी नदिबाट रातको समयमा अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको लु ४ त ६९७४ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सुनकोसीको भाडबेँसीबाट बालुवा बोकेर धितुङतर्फ जाँदै गरेको ट्याक्टरलाई प्रहरीले रातको २ बजे नियन्त्रणमा लिएको जनाएको छ ।

२५ असारमा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको भदौरेस्थित दुधकोसीबाट अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको प्रदेश २०३०१ त ५०२३ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै, २९ असारमा नदीबाट अवैध रुपमा बालुवा निकालेर लैजाँदै गरेको अवस्थामा प्रदेश २०१–००१ त १८५० नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएर बुझाएको ट्याक्टरलाई ‘एकचोटीका लागि’ प्रतिवटा १ हजार ५०० का दरले जरिवाना गरेर छाडिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले बताए ।

हलेसी तुवाचुङ नगरपालिकाले नदीको ढुंगा, गिटी र बालुवा संकलन एबं बिक्री वितरणका लागि ठेक्का आव्हान गरेको थियो । तर बढी रकम तोकिएकाले दुई पल्ट ठेक्का आव्हान गर्दा पनि ठेक्का नलागेको नगरपालिकाले जनाएको छ । नदीबाट बालुवा निकाल्ने सहज वातावरण हुँदा भौतिक संरचना निर्माणको काम भने प्रभावित भएको छ । ‘अवैध तरिकाले बालुवा निकाल्ने ट्याक्टरलाई पहिलोचोटीका लागि जरिवाना गरेर छाडिएको छ । जरिवाना गरिएको कागजात प्रहरीलाई दिएका छौँ,’ उपमेयर राउतले भने, ‘असार सक्ने सम्झौता भएका कैयौं योजनाहरु छन् । त्यस्ता योजना सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।’

रावाबेँसीमा नदीजन्य पदार्थ उत्खननमा रोक

रावाबेँसी गाउँपालिकाले नदी तथा खोलाबाट बालुवा, गिटी उत्खनन तथा संकलन कार्यमा रोक लगाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन अनुसार गाउँपालिका भित्रका नदी तथा खानी क्षेत्रबाट १ साउनदेखि भदौ मसान्तसम्मका लागि बालुवा, गिटी, ढुंगा तथा अन्य नदिजन्य पदार्थहरु उत्खनन्मा पूर्ण रुपमा रोक लगाएको हो ।

२७ असारमा सुचना जारी गर्दै गाउँपालिकाले दुई महिनासम्म नदीजन्य पदार्थ उत्खनन् तथा संकलन कार्यमा रोक लगाएको हो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ०३ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक