२७ बैशाख २०८३, आइतबार | May 11, 2026

गलत बिल बनाइएकोमा छानबिन गर्न पूर्वमुख्यमन्त्री पौडेलको माग



हेटौंडा । वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षणका क्रममा आफू जोडिएर आएको खबरले स्तब्ध भएको बताएका छन् ।

पत्रकारसँग कुरा गर्दै पौडेलले हेलिकप्टर उद्धार टोली लिएर जानैपर्ने भएकाले आफूहरु गएको बताए । उनले पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नका लागि उद्धार टोली र पु-याउन सकिने राहत सामग्रीसहित आफू एक पटक मात्र हेलिकप्टरमा सिन्धुपाल्चोक पुगेकोबाहेक १४ उडान थपिएर आएको खबरमा सत्यता नरहेको जिकिर गरे ।

“म मन्त्रीहरु र सेनाप्रहरी सहितको उद्धार टोलीसँग एकपटक सिन्धुपाल्चोक गएको हुँ, १५ वटा उडानको चर्चा कसरी आयो ?”, उनले भने । यदि त्यही एकपटक हेलिकप्टर प्रयोग भएको कुरालाई १५ पटक बढाएर बिल बनाउने काम भएको रहेछ भने त्यो गम्भीर र अक्षम्य अपराध भएकाले त्यसको स्वतन्त्र रुपमा छानबिन गरिनुपर्ने उनको भनाइ छ ।

स्थानीय जनप्रतिनिधि भएको हिसाबले तत्कालीन सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल सङ्घीय पूर्वमन्त्री शेरबहादुर तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, नेपाली सेनाका मध्यपृतना प्रमुख, नेपाल प्रहरीका प्रदेश प्रमुखसहितको टोली पहिरो निरीक्षणका लागि एक पटक सिन्धुपाल्चोक गएको उनले बताए ।

महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सिन्धुपाल्चोकको लिदीमा २०७७ साउन २६ गते गएको पहिराबाट प्रभावित परिवारलाई रु एक लाखको राहत बाँड्दा रु २८ लाखभन्दा बढी हवाई भाडा तिरेको उल्लेख छ ।

पहिराबाट प्रभावित परिवारलाई रु एक लाख ११ हजार मूल्यका दाल, चामल, स्वास्थ्य सामग्री वितरण गर्न मुख्यमन्त्रीसहित टोलीले १२ पटक सेनाको हेलिकप्टर र एक निजी सेवाको हेलिकप्टर तीनपटक गरेर क्रमशः रु २५ लाख ६८ हजार र रु तीन लाख गरी रु २८ लाख ६८ हजार खर्च गरेको भन्दै यस्तो अनुत्पादक खर्चमा नियन्त्रण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
–––

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  २ : १७ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको