४ पुस २०८२, शुक्रबार | December 20, 2025

पावर हाउस घटनाको स्थलगत अनुगमन स् मृतकका परिवारलाई पालिकाले एक लाख दिने



जुम्ला । गएराति हिमा गाउँपालिका १ आचार्यलिहीमा पहिरोले विद्युतगृह भाँसिदा एकै परिवारका ३ जना मृत्यु भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई, सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, गैसस सहितको टोलीले घटनास्थलको अवलोकन गरेको हो ।

घटनास्थलको अवलोकन गरेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहात स्वरुप एक लाख रकम दिने निर्णय गरेको बताए । उनले भने, ‘ गाउँपालिकाले घटनाको प्रकृति हेरेर अहिले स्रोत साधन अनुसार एक लाख रकम दिने तथा क्षेतिग्रस्त विधुत गृहको निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।’

अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको वैठकले सो निर्णय गरेको हो । बैठकले गाउँपालिकाको तर्फबाट शोक प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै संघीय सरकारले नियम अनुुसार प्रति व्यक्ति एक लाखको दरले राहात प्रदान गर्ने तथा एकै परिवारमा बढी मानवीय क्षति भएमा एक लाख थप पाउने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले बताइन् । प्रजिअ प्रसाईले आवश्यक प्रमाण भएमा चाडै श्रीमानको खातामा रकम हाल्न सकिनेमा बताइन् । यसैगरी मृतकको पोष्टमार्टम समेत भईसकेको कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रहरी चौकी हिमा १ बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाईका अनुसार जुम्ला हिमा गाउँपालिका १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविधुतको पावर हाउस पहिरोले भाँसिदा विद्युतका अपरेटर गोरखबहादुर रावतका श्रीमती र दुई छोरोको गएराति मृत्यु भएको थियो । रावतका ३० वर्षीया श्रीमती विमला रावत, ९ वर्षीय छोरा भरत रावत र ८ वर्षका सूर्य रावतको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको